सुनसरी । सुनसरीमा बुधबार भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।
सुनसरी जिल्ला स्थित सुनसरी खोला जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको विभागको बाढी पूर्वानुमान महाशाखाले बताएको हो ।
नदी तटीय क्षेत्रको डुबान भइरहने होचा भू–भागहरूमा रहनेहरू साँझसम्म सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।