गुजरातले आफ्नो पहिलो प्रतियोगितामै जित्यो आईपीएल

न्युजलय १६ जेठ २०७९, सोमबार ०१:५९ मा प्रकाशित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) गुजरात टाइटन्सले जितेको छ। पहिलो पटक आइपीएल खेलेको गुजरातले पहिलो पटकमै उपाधि जित्न सफल भएको हो।

गए राति भएको फाइनलमा गुजरातले राजस्थान रोयल्सलाई ७ विकेटले हराएको हो। पहिले ब्याटिङ गर्दै राजस्थानले ९ विकेटको क्षतिमा १३० रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको गुजरातले १८ ओभर १ बलमा ३ विकेटको क्षतिमा लक्ष्य भेटायो।

गुजरातका लागि हार्दिक पाण्ड्याले ३ विकेट लिए। उनी म्यान अफ द म्याच पनि भए।