विराटनगर । मोरङमा सशस्त्र प्रहरी बलका डीएसपी सोमबार दिउँसो झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।
धनपालथान गाउँपालिका ३ स्थित बीओपी सोराभागका इन्चार्जसमेत रहेका डीएसपी उपेन्द्र बस्याललाई केहीबेर अघि मृत फेला पारिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी सुमनकुमार तिमल्सिनाले जानकारी दिए ।
उनकाअनुसार कार्यालयभित्र डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा डीएसपी बस्यालको शव फेला परेको हो । अनुसन्धानका लागि नेपाल प्रहरीको टोली घटनास्थलमा पुगिसकेको छ ।