विराटनगर । मोरङको कटहरीमा आगोले जलेर घाइते भएकी वृद्धाको उपचारका क्रममा मृत्यु भएको छ ।
कटहरी गाउँपालिका–२ आदर्श टोलकी ६० वर्षीया फूलमाया रायको मृत्यु भएको मोरङ प्रहरीले जानकारी दिएको छ ।
घरअगाडि आँगनमा आगोबालेर ताप्ने क्रममा शरीरमा आगो सल्किएर गत पुस १५ गते राय घाइते भएकी थिइन् । कपडाबाट शरीरमा आगो सल्किएर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि विरानगरको कोशी अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा बुधबार रायको मृत्यु भएको हो।