झापा । पाँचथरबाट झापातर्फ जाँदै गरेको गरेको यात्रुवाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ४ पुगेको छ । बसमा सवार ५९ जना मध्ये सम्पूर्ण यात्रु घाइते भएका छन् ।
को १ ख ३८६५ नम्बरको बस फिदिम नगरपालिका–४ शान्तिपुरमा सोमबार(आज) बिहान दुर्घटना भएको हो ।
दुर्घटनामा परि मृत्यु हुनेको संख्या ४ पुगेको फिदिम नगरपालिकाकी उपप्रमुख उर्मिला प्रधानले पुष्टि गरिन । मृत्यु भएकाहरूको सनाखत भने हुन बाँकी रहेको छ ।
उपप्रमुख प्रधानका अनुसार बसले ट्याम्पोलाई ओभरटेक गर्न खोज्दा डिलबाट झरेर तल्लो बाटोमा पुगेको हो । घाइतेहरूको जिल्ला अस्पताल पाँचथर, समर्पित अस्पताल र पाथीभरा अस्पतालमा उपचार भइरहेको छ ।
उपप्रमुख प्रधानका अनुसार त्यहाँ उपचार हुन नसकेकाहरूलाई झापा तथा मोरङका अस्पतालमा समेत रिफर गरिएको छ ।