दशैंको लागि आजदेखि नयाँ नोट साट्न पाइने

न्युजलय २९ असोज २०८०, सोमबार ०८:०५ मा प्रकाशित

काठमाडौं । दशैं तिहारलगायत चाडबाडलाई लक्षित गरी नेपाल राष्ट्र बैंकले आजदेखि नयाँ नोट सटही सुविधा दिन सुरु गरेको छ । 


प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँका दरले नयाँ नोट साट्न पाइने राष्ट्र बैंकले जनाएको छ । काठमाण्डौ उपत्यकाभित्र राष्ट्र बैङ्क अन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैङ्कका शाखामार्फत् नयाँ नोट सटही गर्न सकिनेछ ।


यस्तै, काठमाण्डौ उपत्यका बाहिर राष्ट्र बैङ्कको प्रदेशमा रहेका कार्यालय वा वाणिज्य बैङ्कका शाखा कार्यालयमा गइ नोट साट्न सकिने राष्ट्र बैङ्कले जनाएको छ ।