विराटनगर । मोरङको एक कुखुरा फर्मका सञ्चालकको हत्या भएको छ।
बिहीबार बिहान सुन्दरहरैँचा नगरपालिका–१ स्थित कुखुरा फर्मभित्र एक पुरूषको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
प्रहरीका अनुसार सुन्दरहरैँचा–९ बस्ने ४९ वर्षीय सहदेव बजगाईंको शव फेला परेको हो। उनी उक्त फर्मका सञ्चालक समेत हुन्।
वडा नम्बर ९ बस्ने उनी बिहीबार बिहान ८ बजेतिर घरबाट फर्ममा हिँडेका थिए। मृतकको टाउको क्षतविक्षत अवस्थामा रहेको प्रहरीलेले बताएको छ । घटनास्थलबाट बञ्चरो र दाउ पनि फेला परेको छ।
कुखुरा फर्ममा एक दम्पती समेत बस्ने गरेका थिए। उक्त दम्पती फरार रहेको प्रहरीले जनाएको छ।
उनीहरूको प्रहरीले खोजी गरिरहेको छ। अहिले घटनास्थलमा एसपी सहितको टोली खटिएको छ।