काठमाडौँ । सेयर बजार परिसूचक बिहीबार दोहोरो अंकले घटेको छ ।
आज परिसूचक १२.६० अंकले घटेर २६६१.०८ अंकमा पुगेको हो । बुधबार शेयर बजार परिसूचक ६३ अंकले बढेको थियो ।
आज बजार घटे पनि कारोबार रकममा भने उत्साह कायमै छ । आज बजारमा ११ अर्ब ४१ करोड रुपैयाँ बराबरको कारोबार भयो जबकी हिजो १० अर्ब २२ करोडको मात्रै कारोबार भएको थियो ।
आज बजारमा १५० कम्पनीको मूल्य घटेको छ भने ९६ कम्पनीको मूल्य बढेको छ ।