झापामा थ्रेसर मेसिनमा बेरिएर एक जनाको मृत्यु

न्युजलय ४ पुस २०८०, बुधबार १२:२० मा प्रकाशित

झापा । झापामा धान झाँट्ने थ्रेसरमा बेरिएर एक व्यक्तिको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार झापा गाउँपालिका–२ का ५७ वर्षीय नुनुवा टुडुको थ्रेसर मेसिनमा बेरिएर बुधबार(आज) बिहान मृत्यु भएको हो । 

प्र१–०१–००१ त ८०९२ नम्बरको ट्याक्टरमा जोडेको थ्रेसर मेशिनमा धान झाँट्ने क्रममा टुडु अचानक बेरिएका थिए ।

उनको घटनाथलमै मृत्यु भएको र कानुनी प्रकृया पुरा गरी शव परिवारको जिम्मा लगाउने काम भइरहेको प्रहरीले जनाएको छ ।