सुन्दरहरैंचामा डुबेको अवस्थामा एक पुरुषको शव फेला

न्युजलय २१ कार्तिक २०८२, बिहिबार १२:०८ मा प्रकाशित

मोरङ । मोरङको सुन्दरहरैंचा नगरपालिका–१ र ग्रामथान गाउँपालिका–७ जोड्ने साधु टोल नजिकको खोलामा एक पुरुषको शव फेला परेको छ ।

मोरङको धनपालथान गाउँपालिका–५ बबियाका ५७ वर्षीय दुर्गा प्रसाद खवासको डुबेको अवस्थामा शव फेला परेको हो ।

शव पोस्टमार्टमका लागि कोशी प्रदेशिक अस्पताल विराटनगर पठाइएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।