मोरङमा चट्याङ लागेर एक बालकको मृत्यु

न्युजलय २४ भदौ २०८१, सोमबार ११:२७ मा प्रकाशित

मोरङ । मोरङमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ ।

आइतबार दिउँसो खेलिरहेको अवस्थामा चट्याङ पर्दा सुनवर्षी नगरपालिका–९ मुस्लिम टोलका ११ वर्षीय सोफियन आलम मियाँको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार घटनामा ८ वर्षीया नजारा खातुन घाइते भएकी छन् ।

चट्याङ लागेर घाइते बालिकाको अवस्था भने सामान्य छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।