नर्वेमा धनुषवाण आक्रमण हुँदा पाँच जनाको मृत्यु

न्युजलय २८ असोज २०७८, बिहिबार ०५:४२ मा प्रकाशित

  

काठमाण्डौ । नर्वेको राजधानी ओस्लोबाट दक्षिण पश्चिमी क्षेत्रमा पर्ने कोङग्सबेर्गमा  धनुषवाण आक्रमण हुँदा पाँच जनाको ज्यान गएको छ ।

आक्रमणमा परी दुई जना घाइते भएका छन् । आक्रमणमा संलग्न रहेको आशङ्कामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।  

प्रहरीका अनुसार एक जनाले मात्रै आक्रमण गरेको देखिएको छ । तर आक्रमणको उद्देश्य थाहा हुन नसकेको प्रहरीले जनाएको छ ।