पुर्वप्रशिक्षक अलमुताईरीलाई उत्कृष्ट प्रशिक्षकको अवार्ड

न्युजलय २३ फाल्गुण २०७९, मङ्गलबार १०:०७ मा प्रकाशित

काठमाडौं । नेपाली फुटबलका पुर्व प्रशिक्षक अब्दुल्लाह अलमुताइरी वर्ष २०७८ को उत्कृष्ट प्रशिक्षक चुनिएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको पल्सर स्पोर्टस अवार्ड अन्तर्गतको उत्कृष्ट प्रशिक्षकको अवार्ड अलमुताइरीले पाएका हुन् ।

नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक रहँदा विवादै विवादमा परे पनि अलमुताइरीले नेपाललाई पहिलो पटक एसियन कप छनोटको तेश्रो चरणसम्म पुर्‍याएका थिए ।

उनकै प्रशिक्षणमा माल्दिभ्समा भएको साफ च्याम्पियनसीपमा नेपाल फाइनलसम्म पुगेको थियो । यस्तै अफ्रिकी देश मोरिसससँग खेलेका दुई वटा मैत्रीपूर्ण खेल पनि नेपालले जितेको थियो ।