काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य बिहीबारकै बराबर तोकेको छ ।
महासंघले बिहीबार सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँ कायम गरेको थियो ।
नेपाली बजारमा आज शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्यमा भने प्रतितोला १० रुपैयाँको वृद्धि देखिएको छ । आज चाँदीको मूल्य बढेर १४ सय ५५ रुपैयाँ पुगेको हो ।