काठमाण्डौ । नेपाली चलचित्र ‘डमरूको डन्डीबियो’ युट्युबमा सार्वजनिक भएको छ।
नायक तथा लेखक खगेन्द्र लामिछानेको मुख्य भूमिका रहेको चलचित्रमा अनुप बराल, मेनुका प्रधान, बुद्धि तामाङ आदिको मुख्य भूमिका छ।
चलचित्रमा नेपाली गाँउघरमा खेलिने डन्डीबियो खेलको माध्यमबाट समाजमा रहेको आर्थिक अवस्था र पारिवारिक सम्बन्धको बारेमा देखाउन खोजिएको छ।
चेतन गुरूङले निर्देशन गरेको चलचित्रको निर्माण विनोद गुरूङ गर नोर्बु छिरिङ घलेले गरेका हुन्।