एजेन्सी । बहुप्रतिक्षित फिल्म ‘केजीएफः च्याप्टर २’को लागि भारतमा टिकट बुकिङमा फिल्मले नयाँ रेकर्ड राखेको छ।
मुम्बई र दिल्लीमा फिल्मको टिकट भारतीय १५ सय रुपैयाँदेखि २ हजार रुपैयाँसम्म बिक्री भइरहेको छ । यो हालसम्म कै उच्च रकम हो ।
साउथ स्टार यश यतिबेला आफ्नो आगामी फिल्म ‘केजीएफः च्याप्टर २’को प्रमोशनमा व्यस्त छन्। यो पिरियड ड्रामा सन् २०१८ मा रिलिज भएको ‘केजीएफः च्याप्टर १’ को दोस्रो भाग हो। फिल्ममा यशसँगै सञ्जय दत्त, रविना टण्डन र श्रीनिधि शेट्टी मुख्य भूमिकामा छन्।
‘केजीएफ २’ कन्नड, तमिल, तेलुगु, हिन्दी र मलयालम गरी ४ भाषामा विश्वव्यापी रूपमा रिलिज हुँदैछ । प्रशान्त नीलले निर्देशन गरेको फिल्मलाई हम्बल फिल्म्सले निर्माण गरेका हुन्।