नेप्सेमा १९.८९ अंकको गिरावट

न्युजलय १७ भदौ २०८२, मङ्गलबार ०४:०३ मा प्रकाशित

काठमाडौं । सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । मंगलबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.८९ अंकले घटेर २७४१.९७ बिन्दुमा सीमित भएको छ ।

मंगलबार नेप्सेमा कुल ४ अर्ब ४३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन सोमबार भने नेप्सेमा ५ अर्ब माथिको कारोबार भएको थियो ।

मंगलबार कारोबारमा आएकामध्ये २९ कम्पनीको सेयर मूल्य बढ्दा २२१ कम्पनीको घटेको छ ।