मेष । नयाँ अवसर मिल्नाले आत्मबलमा वृद्धि हुनेछ। छोटो समयमा राम्रो लाभ उठाउन सकिनेछ। महत्वकांक्षी कार्य प्रारम्भ गर्न सकिनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।
वृष । आफन्तहरूको साथ र सहयोग पाइएला। कलात्मक वा रचनात्मक क्षेत्रमा सफलता मिल्नेछ। नयाँ पहिरनले व्यक्तित्वमा निखार आउनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।
मिथुन । सम्मान प्राप्तिको लागि संघर्ष गर्नुपर्ला। विषयवस्तु नबुझी कुनै कुरामा अगाडि नबढ्नुहोस्। आर्थिक पक्ष सुदृढ रहनेछ। समय अनुकूल रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।
कर्कट । आलस्यले गर्दा महत्वपूर्ण कार्यमा बाधा आउला। प्रतिफल पाउनको लागि धेरै खट्टिनुपर्ला। स्वास्थ्यलाई लिएर सावधान रहनुहोस्। नयाँ नोकरीको अवसर प्राप्त हुनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ।
सिंह । कार्यक्षेत्रमा सीनियर वा जुनियर दुवैबाट सहयोग मिल्नेछ। आन्तरिक सम्बन्धमा मधुरता आउनेछ। मित्रहरूको साथ र सहयोग पाइनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।
कन्या । कार्यक्षेत्रमा अरूको भरमा ढुक्क नपर्नुहोस्। आशावादी बनेर लक्ष्य प्राप्तिको लागि मेहनत गर्नुहोला। विद्यार्थीहरूलाई परीक्षामा आशा अनुरूप परिणाम मिल्ला। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ४ रहेको छ।
तुला । धार्मिक वा सामाजिक कार्यमा संलग्न भइएला। विद्यार्थीहरूको अध्ययन अध्यापनमा मन लाग्नेछ। भविष्यलाई लिएर योजना कोरिनेछन्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।
वृश्चिक । अरुका लागि बुद्धि र श्रम खर्च गर्नुपर्ला। वैदेशिक रोजगारमा सफलता मिल्नेछ। नयाँ कार्य प्रारम्भ गर्नु भन्दा अघि पुरानो कार्यलाई नै निरन्तरता दिनुहोस्। स्वास्थ्यलाई लिएर सजग रहनुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक १ रहेको छ।
धनु । तारिफयोग्य कामले अरुको उपकार गर्न सकिनेछ। व्यापार व्यवसायमा जीवनसाथीको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ।
मकर । सेवामूलक कामबाट लाभ मिल्नेछ। विद्यार्थीहरूलाई नयाँ कुरा सिक्ने अवसर मिल्नेछ। कार्यक्षेत्रमा दौडधुप धेरै गर्नुपर्ला। अवसर प्राप्त भएतापनि लाभ उठाउन नसकिएला। आजको शुभ रंग केशरी हो भने शुभ अंक ५ रहेको छ।
कुम्भ । प्रयत्न गर्दा कार्य सजिलै सम्पादन हुनेछ। प्रतिस्पर्धामा विजयी भइनेछ। माननीयजनहरूको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ८ रहेको छ।
मीन । सकारात्मक सोचको साथ अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। राजनीतिक क्षेत्रमा सक्रियता बढ्नेछ। प्रभावशाली व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।
स्रोत हाम्रोपात्रो