जनता क्याम्पसका विद्यार्थीसँग ‘अन्तर’ उपन्यासबारे पुस्तक विमर्श

न्युजलय १४ असोज २०८०, आइतबार ०७:५९ मा प्रकाशित

इटहरी । पद्मश्री पुरस्कारबाट सम्मानित लेखक रमेश सायनको ‘अन्तर’ उपन्यासबारे पुस्तक विमर्श गरिएको छ । 


आइतबार इटहरी स्थित जनता बहुमुखी क्याम्पसका विद्यार्थीहरुसँग उक्त पुस्तक विमर्श आयोजना गरिएको हो । 


जनता बहुमुखी क्याम्पसका प्राध्यपक डा. गिता अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम उद्घाटन गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै क्याम्पस प्रमुख अधिकारीले समाजमा प्रत्यक्ष देखिएको समलिङ्गी विभेदका विरुद्ध अन्तर उपन्यासले विद्रोह गर्ने सक्ने उल्लेख गर्नु भयो । 


स्वतन्त्र विद्यार्थी युनियन जनता बहुमुखी क्याम्पस अध्यक्ष सहदेव काफ्लेले अन्तर उपन्यासले समुदायबाट विभेदमा रहेको समलिङ्गी समुदायको मनोविज्ञानलाई प्रस्तुत गर्न सफल रहेको बताउनुभयो । आफूले उपन्यासलाई, एउटा विद्यार्थी नराम्रो संगतले कसरी दुव्र्यवसनीमा फस्छ र राम्रो संगतले कसरी सफलता प्राप्त गर्न सक्छ भन्ने विषयलाई उठान गर्न सफल कृतिको रुपमा लिएको उल्लेख गर्दै सबै विद्यार्थीले अनिर्वाय अध्ययन गर्नु आवश्यक रहेको बताउनुभयो ।


पुस्तक विमर्श कार्यक्रमको सहजिकरण सञ्चारकर्मी एवं कवि विवेक विवस रेग्मीले गर्नु भएको थियो । लेखक रमेश सायनले अन्तर उपन्यासमा समलिङ्गी समु्दायको मनोविज्ञान र प्राकृतिक विम्बलाई पनि समेटिएको बताए । उनीहरुको समस्या र भावनलाई उजागर गरेको र आगामी पुस्ताले विभेदको चिन्तनलाई परास्त गर्दै सामाजिक सद्भावको पक्षलाई जोड दिएको  उल्लेख गर्दै लेखक रमेश सायनले सामाजिक उत्तरदायित्वको रुपमा अन्तर उपन्यास लेखेको बताउनुभयो । 


उक्त कार्यक्रम आयोजनाको लागि विशेष भूमिका निर्वाह गनुृहुने कवि युवराज काफ्लेले पठन संकृतिलाई बढावा दिनुका साथै विद्यार्थीहरूमा साहित्य लेखनको रूची बढाउने उद्देश्यले इटहरीका प्रत्येक क्याम्पसहरुमा साहित्यिक कृति विमर्शका कार्यक्रम आयोजना गरिएको बताउनु भयो । 

रोट्रट्याक क्लब अफ सुनसरी अध्यक्ष आयुष्मा अधिकारीको अध्यक्षतामा सम्पन्न पुस्तक विमर्श कार्यक्रममा जनता बहुमुखी क्याम्पस नेपाली भाषा विभाग प्रमुख प्राध्यपक मदनराज बराल, पब्लिक क्याम्पस प्राध्यपक संघ जनता बहुमुखी क्याम्पस सचीव प्रदिप केसी, जनता बहुमुखी क्यामपस उप–प्राध्यपक एवं कवि टिका आत्रेय, क्याम्पसका प्राध्यपक, स्ववियु पदाधिकारी, सदस्य साथै विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।