डोल्पामा सीता एयरको जहाज दुर्घटना

न्युजलय ८ असोज २०८३, बिहिबार ११:३७ मा प्रकाशित

काठमाडौं । नेपालगन्जबाट डोल्पाको जुफाल विमानस्थलका लागि उडेको सीता एयरको जहाज धावनमार्गमै दुर्घटनामा परेको छ।

आज बिहान करिब ८ बजेर २५ मिनेटमा जुफाल पुगेको जहाजको पछाडिको दायाँतर्फको टायर फुस्किएपछि धावनमार्गमै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार जहाजमा सवार १३ जना यात्रु सबै सकुशल छन्। जहाजको कलसाइन नाइ–एन–एजेएच रहेको थियो। जहाजमा सात जना विदेशी नागरिकसमेत सवार थिए।