यस्तो छ आजको मौसम पूर्वानुमान

न्युजलय ९ कार्तिक २०७८, मङ्गलबार ०१:२९ मा प्रकाशित

काठमाडौं । आज देशका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 


नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेका कारण देशको पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा सामान्यतया सफा रहेको छ ।


आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र तराईका भूभागमा सामान्यतया सफादेखि आंशिक बदली रहने छ । 


देशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


आज राति देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र तराईका भूभागमा सामान्यतया सफादेखि आंशिक बदली रहने छ । उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ ।