भोलिदेखि पेट्रोल वितरण सहज हुने

न्युजलय २० चैत २०७८, आइतबार ०३:४९ मा प्रकाशित

काठमाडौ । नेपाल आयल निगम र पेट्रोलियम व्यवसायी बीच चार बुँदे सहमति भएपछि आइतबारदेखि पेट्रोल वितरण सहज हुने भएको छ । 

बिहान ८ बजेबाट आयल निगमका सबै डिपो खुल्ने निगमले जनाएको छ। पेट्रोलियम व्यवसायीहरूको कमिसन सम्बन्धी र एलपी ग्यास ढुवानी भाडा समायोजन सम्बन्धीको सम्बन्धमा सात दिनभित्र उचित निष्कर्क्ष निकाल्ने र अन्य पेट्रोलियम कारोबारसँग सम्बन्धित मागको सम्बन्धमा जेठ १५ सम्ममा सक्ने सहमति भएको निगमले जनाएको छ।

पेट्रोल पम्पहरुले स्टक सकिएको भन्दै तेल दिन बन्द गर्दा दुई दिनदेखि सर्वसाधारणले लामो लाइनको सास्ती खेप्दै आएका थिए ।