नेपाल लाइफ इन्स्योरेन्सले मनायो २५ औं वार्षिकोत्सव

न्युजलय २१ बैशाख २०८२, आइतबार ०६:३० मा प्रकाशित

इटहरी । नेपाल लाइफ इन्स्योरेन्स कम्पनिले आफ्नो २५ औ वार्षिकोत्सव मनाएको छ । इटहरीस्थित संस्थाको क्षेत्रीय कार्यालयमा कर्मचारी, अभिकर्ताहरुमाझ विभिन्न कार्यक्रम गर्दै वार्षिकोत्सव मनाएको हो । 


नेपाल लाइफ इन्स्योरेन्स अन्तर्गत पेसागत विमा अभिकर्ता संघ नेपाल विमक समिति र नेपाल लाइफ इन्स्योरेन्स कोशी प्रदेश कार्यायको संयुक्त आयोजनामा वार्षिकोत्सव मनाइएको हो । सो क्रममा आइतबार बिहान इटहरीमा प्रभातफेरी आयोजना गरिएको थियो । प्रभातफेरीले इटहरी नगर परिक्रमा गरेको थियो । त्यसपछि रक्तदान कार्यक्रम गरिएको थियो । जसमा ५६ पिन्ट रगत संकलन भएको छ । 


यस्तै अभिकर्ता सम्मान तथा प्रमाणपत्र वितरण कार्यक्रम समेत आयोजना गरिएको थियो । जसमा उत्कृष्ठ विमा अभिकर्ता तथा कर्मचारीहरुलाई सम्मान गरिएको थियो । 


कार्यक्रममा संघका कोशी प्रदेश अध्यक्ष सुर्यप्रसाद दाहाल, उपाध्यक्ष भीमबहादुर रायमाझी, नेपाल लाइफ इन्स्योरेन्सका कोशी प्रदेश अध्यक्ष ओमेन्द्रकुमार कर्णले बोलेका थिए । उनीहरुले बीमाको महत्वबारे बताउँदै यो व्यवशायिकका अतिरिक्त मानवीय सेवाको कार्य भएको बताएका थिए । संघका प्रदेश अध्यक्ष दाहालले संस्थाको सामजिक उत्तरदायित्वअन्तर्गत कार्यक्रम गरिएको जानकारी दिएका थिए ।