उवासंघमा देशबन्धु नेतृत्वको पर्यटन समिति विस्तार, सल्लाहकारहरुसहित १७ जना थपिए

न्युजलय १० भदौ २०८०, आइतबार ०५:४१ मा प्रकाशित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत देशबन्धु बस्नेत (अजित) नेतृत्वको पर्यटन तथा हवाई यातायात समिति विस्तार भएको छ । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र सभापति बस्नेतको उपस्थितीमा समिति विस्तार गरिएको हो । 

समितिको उपसभापतिमा टानका अध्यक्ष निलहरी बास्तोला र नाट्टाका निवर्तमान अध्यक्ष अच्युत गुरागाईँ रहेकाछन् । 

यसैगरी सदस्यहरुमा हानका अध्यक्ष विनायक शाह, नाराका अध्यक्ष शिव अधिकारी, एनटीभीका अध्यक्ष कुलप्रसाद न्यौपाने, वेष्ट रिसोर्टका प्रबन्ध निर्देशक सचिन ढकाल र पर्यटन बोर्डकातर्फबाट सिर्जना नेपाली रहेका छन् । 

यसैगरी आमन्त्रित सदस्यहरुमा रेवानका उपाध्यक्ष संघर्ष विष्ट, पाटा नेपाल च्याप्टर अध्यक्ष विभुती चन्द ठकुरी, होटल इस्टर्न स्टारका अध्यक्ष भवेशकुमार श्रेष्ठ, एचपीएफएनका निवर्तमान अध्यक्ष अमृत भुजेल र एभरेष्ट ग्रूपका निर्देशक प्रनिल प्रधान छन् । 

यस्तै उक्त समितिको सल्लाहकारहरुमा पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मी, मेरिएट काठमाडौंका अध्यक्ष शशिकान्त अग्रवाल, लुम्बिनीका सद्भावना दूत विक्रम पाण्डे, डोल्मा फण्ड अन्तरगत प्राक्टिक टुरिजमका प्रमुख उप्पल मजुम्दर रहेका छन् । 

समितिका सदस्यहरुलाई प्रमाणपत्र हस्तान्तरण गर्दै महासंघ अध्यक्ष ढकालले अहिलेको अवस्थामा उक्त समितिले पर्यटन क्षेत्रको सुधारका साथै महासंघको साख उँचो बनाउन भुमिका खेल्ने विश्वास लिएका छन् । 

यसैगरी समितिका सभापति देशबन्धु वस्नेतले उक्त समितिले देशमा विदेशी मुद्रा भित्र्याउन महत्वपूर्ण भुमिका रहेको पर्यटन क्षेत्रलाई देश विदेशमा प्रचारप्रसार तथा प्रवद्र्धनात्मक कार्यक्रम गरिने बताए । ‘हामीले अहिलेको पर्यटन क्षेत्रको प्रवद्र्धन तथा हवाई क्षेत्रलाई विस्तार गर्ने उद्देश्य अनुरुप यससँग आवद्ध सबैजसो संघसंस्थाका प्रतिनिधिहरुलाई समेट्ने प्रयास गरेका छौं,’ उनले भने, ‘आशा छ यस समितिले नजिता निकाल्ने गरी काम गर्नेछ ।’