काठमाडौं । सर्लाहीमा स्यालले टोकेर पाँच जना घाइते भएका छन्। हरिपुर नगरपालिका ८ मा स्यालको टोकाइबाट पाँच जना घाइते भएका हुन्।
उनीहरुलाई बुधबार स्यालले टोकेको प्रहरीले जनाएको छ। स्यालले मानिसलाई मात्रै नभएर पशुचौपायालाईसमेत टोक्न थालेको छ। गाउँमै पसेर स्यालले टोक्न थालेपछि स्थानीयवासी त्रसित भएका वडाध्यक्ष हरिबहादुर थापाले बताए।
स्यालले टोकेर घाइते भएका सबैलाई रेबिजविरुद्धको खोप लगाइएको थापाले बताए। प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दी गएर उनीहरुले रेविजविरुद्धको खोप लगाएका हुन्।