काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य–सचिव किशोरबहादुर सिंहको बिहीबार निधन भएको छ । थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनको हृदयघातका कारण निधन भएको ब्याडमिन्टन संघले जनाएको छ ।
२०२९ सालदेखि २०३४ सालम्म नेपाली ब्याडमिन्टनमा ६ पटकको राष्ट्रिय च्याम्पियन भएका सिंह नेपाल जिम्न्याष्टिक संघको सह–अध्यक्षको जिम्मेवारी थिए । उनले २०५९ सालदेखि २०६३ साल सम्म राष्ट्रिय खेलकुदको सदस्यसचिव भएर जिम्मेवारी सम्हालेका थिए ।
स्व. सिंहका एक छोरी र श्रीमती छन् । उनको शुक्रबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ ।
राष्ट्रिय खेलकुद परिषद्ले शोक वक्तव्य जारी गर्दै सिंहको निधनले नेपाली खेलकुदमा अपुरणीय क्षति पुग्नुका साथै परिषद परिवारलाई दुःखी तुल्याएको जनाएको छ ।