काठमाण्डौ । सोमबार(आज) सुनको मूल्य बढेको छ ।
सुन प्रति तोलामा एक हजार ६ सय रुपैयाँले बढी ९८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, तेजाबी सुनको ९७ हजार ७ सय रुपैयाँ तोकिएको छ ।
सुनको मूल्यसँगै चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोलामा ४५ रुपैयाँले बढी एक हजार ३४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
।