सेयर बजारमा ५३.३ अंकको वृद्धि

न्युजलय २१ जेठ २०८०, आइतबार ०९:०५ मा प्रकाशित

काठमाडौँ । आर्थिक विधेयकका अस्पष्ट विषयमा लगानीकर्ता र सरकारबीच सहमति भएसँगै सेयरमा बजारमा उच्च अंकको वृद्धि देखिएको छ । 

आइतबार(आज) सेयर बजारको परिसूचक नेप्सेसहित सबै सूचक बढेका छन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ५३.३ अंक बढेको छ ।

सो अंकको वृद्धिपछि नेप्से १९१९ अंकमा बन्द भएको छ । कुल १ अर्ब ६५ करोड रुपैयाँको कारोबार भएको छ । दिनभर कुल २१७ कम्पनीको मूल्य बढ्दा ३ कम्पनीको घट्यो । 

बजारका सबै उपसमूह बढेका छन् । बैंकिङ १७, विकास बैंक ११७, फाइनान्स ५२, होटल तथा पर्यटन २७४, जलविद्युत ९१, जीवन बीमा ३४२, उत्पादन १५७, माइक्रोफाइनान्स ८८, निर्जीवन बीमा ४०७, अन्य ४२ र ब्यापार उपसमूह ८२ अंक बढे ।