घट्यो सुनको भाउ

न्युजलय ९ पुस २०७८, शुक्रबार ११:०३ मा प्रकाशित

काठमाडौं । शुक्रबार(आज) सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी संघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार १०० रुपैयाँ तोकेको जानकारी दिएको छ। 

यस्तै तेजावी सुनको मूल्य आज प्रतितोला ७९ हजार ८२० रुपैयाँ तोकिएको छ। आज चाँदीको मूल्य भने आज स्थिर रहेको छ। 

बिहीबार एक हजार २६० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको मूल्यमा आज कुनै परिवर्तन नभएको संघले जनाएको छ।