काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनल्ड ट्रम्प सामाजिक सञ्जाल टिकटकमा जोडिएका छन् । अब हुन लागेको राष्ट्रपति चुनावमा उम्मेदवारी दिन खोजिरहेका ट्रम्पले चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको टिकटकमा अकाउन्ट खोलेर भिडिओ राख्न थालेका हुन् ।
उनको यो अकाउन्ट भेरिफाइड पनि भइसकेको छ । साथै उनले आफ्नो अकाउन्टबाट भिडिओ समेत पोस्ट गरेका छन् । कुनै समय उनी आफैले टिकटक प्रतिबन्ध लगाउन खोजेका थिए ।
उनको अकाउन्टमा फलोअरको संख्या बढ्दो छ ।
विशेष गरी युवा लगायतका सम्भावित मतदातासम्म पुग्न ट्रम्पले टिकटकको सहारा लिएको अनुमान गरिएको छ । तर उनै ट्रम्पले आफू राष्ट्रपति हुँदा सन् २०२० मा टिकटकमाथि प्रतिबन्ध लगाउने प्रयास गरेका थिए । उनको सो कदमलाई अदालतले रोकिदिएको थियो ।