एम्बाप्पेको दुई गोलमा पिएसजीको जित

न्युजलय २७ मङ्सिर २०७८, सोमबार १२:५१ मा प्रकाशित

काठमाडौँ । फ्रेन्च लिग वान अन्तर्गत पिएसजीले मोनाको माथि सहज जित हासिल गरेको छ ।


गएराती सम्पन्न खेलमा पिएसजीले मोनाकोलाई २-० गोल अन्तरले पराजित गरेको हो ।


पिएसजीको जितमा दुवै गोल किलियन एम्बाप्पेले गरेका थिए । एम्बाप्पेले पहिलो गोल खेलको १२औं मिनेटमा पेनाल्टी मार्फत गरेका थिए भने दोस्रो गोल खेलको ४५औ मिनेटमा लियोनेल मेसीको असिस्टमा गरेका थिए ।


यो जितपछि शिर्ष स्थानमा रहेको पिएसजीको लिग वानमा १३ अंकको अग्रता भएको छ । पिएसजीको १८ खेलमा ४५ अंक भएको छ ।


त्यसैगरी मोनाकोको १८ खेलमा २६ अंक रहेको छ र लिगमा आठौ स्थानमा छ ।