नारी सृजना कुञ्जद्वारा २५ जना विद्यार्थीलाई पोशाक र स्टेशनरी हस्तान्तरण

न्युजलय ३१ साउन २०८१, बिहिबार ०९:५३ मा प्रकाशित

बराहक्षेत्र । महिलाहरुको क्षेत्रमा काम गर्दै आएको संस्था नारी सृजना कुञ्जले २५ जना विद्यार्थी बालबालिकाहरुलाई पोशाक तथा स्टेशनरी वितरण गरेको छ । 


बराहक्षेत्र वडा नं. ७ स्थित लालीगुराँस बालविकास केन्द्रका २५ जना बालबालिकाहरुलाई सहयोग गरिएको संस्थाकी अध्यक्ष प्रतिक्षा अधिकारीले जानकारी दिइन् । 


अधिकारी र वडा नंं ७ का वडाध्यक्ष कपिल आचार्यले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए । महिलाहरुलाई सीपमुलक तालिम, अधिकारका क्षेत्रमा वकालत गर्दै आएको संस्थाले यसअघि पनि महिला तथा बालबालिकाहरुको क्षेत्रमा प्रशस्तै काम गरेको अधिकारीले बताइन् । 


कार्यक्रममा वडा सचिव सबिता लम्सालसँगै बालविकासका शिक्षिकाहरुको उपस्थिती रहेको थियो ।