काठमाडौँ । मलेसियामा जारी एसीसी यू–१९ महिला प्रिमियर कपको क्वार्टरफाइनलमा जापानलाई पराजित गर्दै नेपाल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
यो जितसँगै नेपाल लगातार दोस्रो संस्करणका लागि यू–१९ महिला टी–२० एसिया कपमा आधिकारिक रूपमा छनोट हुन सफल भएको हो। जापानसँग सहज जित निकाल्दै नेपाल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
बुधबार मलेसियाको वाईएसडी यूकेएम ओभल मैदानमा जापानलाई ९ विकेटले हराउँदै नेपालले अन्तिम चारमा स्थान पक्का गरेको हो ।
जापानले प्रस्तुत गरेको ८७ रनको लक्ष्य नेपालले मात्र ११.२ ओभरमा १ विकेटको क्षतिमा पछ्यायो ।