विराटनगर । अहिले नेपाली बजारमा चिनीको मूल्य अकाशिएको छ। भारतमा नेपाली ६४ रुपैयाँ पर्ने चिनी नेपालमा १८० रुपैयाँसम्म पर्छ ।
आन्तरिक उत्पादनले नधान्ने नेपालमा भारतबाटै चिनी आउने गरेको छ। तर देशभित्रका चिनी उद्योगलाई सहुलियत दिने उद्देश्यले भन्सार महसुल बढाएपछि भाउ बढ्न सुरु भएको हो ।
चिनीमा ४५ प्रतिशतसम्म कर लाग्ने गरेको छ। भ्याट १३ प्रतिशत र विभिन्न शीर्षकमा २ प्रतिशत शुल्क लिने गरिएको छ । झन् चालु आर्थिक वर्षमा ३० प्रतिशत भन्सार महसुल लगाइएको छ ।
३० प्रतशित भन्सार महसुल लगाउँदा व्यापारीले चिनी आयात गरेनन्। जसले गर्दा अहिले हाहाकार देखिएको छ ।
दोस्रो कारण भारतले चिनी निर्यातमा रोक लगाएको छ। जसले गर्दा भन्सार भएर चिनी आयात भइरहेको छैन। त्यसको असर पनि परेको छ ।