जी बबको ‘फाइनल्ली भेटियो’को भिडियो सार्वजनिक (भिडियोसहित)

न्युजलय २६ जेठ २०७९, बिहिबार ११:५९ मा प्रकाशित

काठमाडौँ। र्यापर जी बबको नयाँ गीत ‘फाइनल्ली भेटियो’को भिडियो सार्वजनिक भएको छ। बुधबार बेलुकी ठमेलको टेन एक्स क्लबमा भिडियो सार्वजनिक भएको हो।

जी बबले नै तयार पारेको यो गीतको भिडियोलाई माइकल चन्दले निर्देशन गरेका हुन्।  भिडियोमा नायिका सारा सिर्पाली र मोडल डेलविसले अभिनय गरेका छन्।

भिडियोमा अपहरणमा परेका जी बबलाई सारा र डेलविसले अपराधीको पञ्चाबाट निकालेको देखाइएको छ।

भिडियोमा राजु किराँतको एक्सन, माइकल स्टेप अप एण्ड आर्टस् एकेडेमीको कोरियोग्राफी, शिलन लम्सालको सम्पादन, नवराज उप्रेतीको छायांकन छ।