काठमाडौं । बिहीवार शेयर बजारमा दशैंको प्रभाव देखिएको छ । यसदिन नेप्सेसँगै कारोबार रकमपनि घटेको छ ।
आज २.३५ अंकले घटेको बजार २६५२ अंकमा झरेको छ । यससँगै कारोबार रकम ३ अर्ब २६ करोड रुपैयाँमा खुम्चिएको छ ।
आज कुल ३२७ स्टकको ३ अर्ब २६ करोड ४ लाख ४० हजार ६०४ रुपैयाँको ७९ लाख ५३ हजार ७४० कित्ता शेयर कारोबार भएको छ ।