चुनाव हारेपछि कमल थापाले गरे ‘निर्मल निवासको नाङ्गो हस्तक्षेप’ को विरोध

न्युजलय १९ मङ्सिर २०७८, आइतबार ०१:१३ मा प्रकाशित

काठमाडौ । राप्रपा चुनावमा पराजित भएसँगै कमल थापाले चुनावमा पुर्वराजाले हस्तक्षेप गरेको आरोप लगाएका छन् । लामो समयदेखि राप्रपाको अध्यक्ष रहेका थापा राजेन्द्र लिंगदेनसँग पराजित भएलगत्तै उनले फेसबुकमा स्टाटस लेख्दै ‘निर्मल निवासको नाङ्गो हस्तक्षेप’को भत्सर्ना गरेको जनाएका छन् । 

प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्विकार गर्ने भन्दै नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई बधाई दिँदै उनले पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासले हस्तक्षेप गरेको आरोप लगाएका छन् ।

उनले पुर्वराजाबाट आफूले राहत र उन्मुक्ति पाएकोसमेत बताए ।

उनले थप लेखेका छन्, ‘सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ साल देखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाईयो । सो एजेण्डाको मुल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस् ।’

कमल थापालाई पराजित गर्दै राप्रपा अध्यक्षमा लिङदेन विजयी