कमल थापालाई पराजित गर्दै राप्रपा अध्यक्षमा लिङदेन विजयी

न्युजलय १९ मङ्सिर २०७८, आइतबार ०१:०२ मा प्रकाशित

काठमाडौं । कमल थापालाई पराजित गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा राजेन्द्र लिङदेन विजयी भएका छन् । कडा प्रतिस्पर्धामा थापाले लिङदेनलाई पराजित गरेका हुन् । 

२२७ मतले अग्रता हाँसिल गर्दै उनी विजयी भएका हुन् । लिङ्देन एक हजार ८४४ मत ल्याएर वियजी भए । थापाले एक हजार ६१७ मत प्राप्त गरेका छन् । ४३१ मत बदर भएको छ । 

यसअघि तीन अध्यक्ष रहेको राप्रपालाई अब एकल अध्यक्षका रुपमा लिङदेनले हाँक्नेछन् ।