विराटनगर । मोरङको लेटाङ घटनामा संलग्न भएको आरोपमा ६ जना पक्राउ परेका छन् ।
आइतबार स्थानीय र प्रहरीबीच झडप हुँदा महिला प्रहरी उर्मिला श्रेष्ठको मृत्यु भएको थियो । घटनामा संलग्न भएको आरोपमा लेटाङबाट छ जना पक्राऊ परेका छन् ।
शिक्षकले १२ वर्षीया विद्यार्थीलाई जबरजस्ती प्रयास गरेको आरोपपछि लेटाङमा हिजो तनाव भएको थियो ।
प्रशासनले लेटाङको वडा ३ र ४ को पश्चिम क्षेत्र गङ्गे चोक र कमलपुर क्षेत्र, ५ वडाको सबै क्षेत्र, उत्तरमा लेटाङको ६ नम्बर वडा कार्यालय क्षेत्र, पूर्वमा मोरङे खोला क्षेत्र, पश्चिममा चिस्याङ खोला क्षेत्रमा कर्फ्यू लगाएको प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले बताए ।
लेटाङमा विद्यार्थी–अभिभावक र प्रहरी बीचको झडपमा महिला प्रहरीको मृत्यु