काठमाडौँ । राजेन्द्र लिंगदेनले जितेपनि राप्रपाको पदाधिकारीमा कमल थापा समूहको वर्चस्व देखिएको छ । उपाध्यक्षमा बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान र महिला उपाध्यक्षमा रोशन कार्की विजयी भएका छन् । यी सबै थापा प्यानलका हुन् ।
महिला महामन्त्रीमा थापा समूहबाट कुन्ती शाही विजयी भइन् । लिङ्देन समूहबाट उम्मेदवारी दिएकी अभिनेत्री रेखा थापा भने पराजित भएकी छिन् । यस्तै, थापा प्यानलका भुवन पाठक पनि महामन्त्रीमा निर्वाचित भए ।
राजेन्द्र लिङ्गदेनको समूहबाट महामन्त्रीमा उठेका धवलशमशेर राणामात्र विजयी भएका छन् ।
उपाध्यक्षमा विक्रम पाण्डेले सर्वाधिक मत ल्याए । विक्रम पाण्डे २५२१ मत ल्याएर पाण्डेले निर्वाचित भएका हुन् । पाण्डे दुवै प्यानलमा थिए ।
चुनाव हारेपछि कमल थापाले गरे ‘निर्मल निवासको नाङ्गो हस्तक्षेप’ को विरोध
कमल थापालाई पराजित गर्दै राप्रपा अध्यक्षमा लिङदेन विजयी