महेन्द्रनगर । कञ्चनपुरको बेलडाँडी गाँउपालिका–२ का वडाध्यक्ष प्रेम खातीमाथि कार्यकक्षमै कालोमोसो दलिएको छ।
बिहीबार(आज) दिउँसो विप्लवका कार्यकर्ताले वडाध्यक्ष खातीमाथि कार्यकक्षमै गएर मोसो दलेका हुन्। वडाध्यक्षले भ्रष्टाचार गरेको भन्दै मोसो दलेको विप्लव निकट युवा संगठन नेपाल कञ्चनपुरले जनाएको छ।
युवा संगठन कञ्चनपुरले विज्ञप्ती जारी गर्दै वडाअध्यक्ष खातीले मनोमानी तरिकाले आफ्नो अनुकुल काम गरेर अनियमिता गरेको आरोपमा जनकार्वाही गरेको आरोप लगाईएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले वडाध्यक्षमाथि कालोमोसो दल्ने समूहको खोजि भईरहेको जनाएको छ।