शनिबार पर्ने जितिया पर्वको लागि इटहरीले दियो शुक्रबार सार्वजनिक बिदा

न्युजलय १८ असोज २०८०, बिहिबार ०८:१७ मा प्रकाशित

इटहरी । इटहरी उपमहानगरपालिकाले जितिया पर्वको अवसरमा शुक्रबार नगरभरी सार्वजनिक बिदा दिएको छ ।


थारु समुदायले धुमधामका साथ मनाउने पर्व जितिया आउँदो शनिबार पर्छ । तर थारु जातिलाई प्रथम नागरिक घोषणा गरेको उपमहानगरपालिकाले शुक्रबार नै सार्वजनिक बिदा दिएको हो ।


उपमहानगरले बिहीबार एक सुचना जारी गर्दै इटहरी अस्पताल बाहेक इटहरी उपमहानगरपालिका, नगर कार्यपालिकाको कार्यलय र अन्तर्गतका सम्पूर्ण कार्यलयहरु तथा नगर क्षेत्र भित्रका सम्पूर्ण शिक्षण संस्थाहरु बिदा रहने जनाएको हो ।