काठमाडौं । सोमबार सुनको मूल्य ३०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको भाउ २ लाख ९४ हजार ८०० कायम भएको छ।
आइतबार प्रतितोला सुनको मूल्य २ लाख ९५ हजार १०० पुगेको थियो।
यसैगरी चाँदीको मूल्य भने २० रुपैयाँले बढेर ५ हजार ३० रुपैयाँमा कारोबार भइरहेको छ।