जबरजस्ती करणी गरेको अभियोगमा मोरङबाट एक जना पक्राउ

न्युजलय २१ बैशाख २०८३, सोमबार ०२:२९ मा प्रकाशित

मोरङ । बेलबारी नगरपालिका–२ बस्ने १९ वर्षीय प्रिन्स खाँ थारूलाई १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । 

प्रिन्सले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय हरैँचाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।