आजको सुनचाँदीको भाउ

न्युजलय ९ पुस २०८०, सोमबार १२:०० मा प्रकाशित

काठमाडौं। सोमबार(आज ) सुनचाँदीको मूल्य स्थिर रहेको छ । आइतबार प्रतितोला एक लाख १९ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोहि मूल्यमा कारोबार भइरहेको छ।

त्यस्तै तेजावी सुन तोलामा १ लाख १९ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।