अहिलेको संसदीय संरचनामा पुनर्विचार गरिनु पर्छः जसपा अध्यक्ष यादव

न्युजलय २५ भदौ २०८०, सोमबार ०७:३४ मा प्रकाशित

विराटनगर । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले अहिलेको संसदीय व्यवस्था पुनर्विचार हुनु पर्ने बताएका छन्  । 

अहिलेको संसदीय व्यवस्थाको कारण  कोशी प्रदेश सरकारले बहुमत पाउन नसकेको बताएका हुन् ।

कोशी प्रदेश सरकार दुई दुई पटक असंवैधानिक हुनुको कारण गठबन्धनको निर्णय भन्दा पनि दलले बहुमत नपाएको अवस्थामा यस्ता घटना हुनु स्वाभाविक भएको यादवको प्रतिक्रिया छ । 

यादव समाजवादी मोर्चाले विराटनगरमा आयोजना गर्ने कार्यक्रममा सहभागी हुन आएका हुन् । यादवले  विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेपाली काङ्ग्रेससँग छलफल गरेर नै  समाजवादी मोर्चा बनेको बताए ।