झापाका प्रयांकस्टार आकाश सेडाइ पक्राउ

न्युजलय ४ फाल्गुण २०७८, बुधबार ०६:१० मा प्रकाशित

काठमाण्डौ । सार्वजनिक स्थानमा प्राङ्क भिडियो बनाई सर्वसाधरणलाई .सास्ती दिने एक जना युट्युबर पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापा जिल्लाको विर्तामोड नगरपालिका–४ घर भई हाल भक्तपुरको कौशलटार बस्ने २७ वर्षीय आकाश सेढाई रहेका छन् ।

सार्वजनिक स्थलहरूमा मजाक, ख्यालठट्टा वा मस्करी (प्राङ्क) को नाममा सर्वसाधारण व्यक्तिलाई शारीरिक तथा मानसिक रूपमा सास्ती दिने, हैरानी पार्ने र दिक्दार लगाउनेजस्ता क्रियाकलाप गरी सोको गोप्य भिडिओ तयार गरी युट्युव च्यानलमा राख्ने गरेकाले उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालय साइबर ब्युरोले जनाएको छ।  

सेढाईलाई जिल्ला अदालत काठमाडौंको आदेश अनुसार सात दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लामो समयदेखि प्राङ्क भिडियो बनाउँदै आइरहेका सेढाईका ५ लाखभन्दा धेरै सब्सक्राइबर्स रहेका छन् । उनको युट्युब च्यानल नेपाली प्राङ्कस्टर हो ।