दाङ । राप्ती गाउँपालिका–१ भालुबाङकी २७ वर्षीया ज्योति केसी अन्तरिक्षयात्री बन्ने भएकी छन्।
उनी ५ वर्षअघि उनी ‘डिभी’ चिठ्ठा परेपछि अमेरिका गएकी थिइन्। उनी अमेरिका पुगेको २ वर्षसम्म रोजगारी गरिन्। त्यसपछि उनी अमेरिकी वायुसेनामा छनौट भइन्।
त्यसपछि फेरि स्वास्थ्य परीक्षण भयो। त्यसमा पनि पास भएपछि मेरो पृष्ठभूमि जाँच भएको थियो। त्यो सबै गर्न करिब १४ महिना लागेको उनको भनाइ छ। त्यसपछि उनलाई वायु सेनाको जागिरकै क्रममा अन्तरिक्षयात्री बन्ने अर्को अवसर पनि मिल्यो।
त्यसपछि उनी त्यसका लागि अध्ययन गर्न पोल्याण्ड गइन्। अन्तरिक्षयात्री बन्नका लागि २ हप्ताको तालिममा सहभागी भइन्। २७ वर्षीया उनले भर्खरै एनालग आस्टर्ड अन्तरिक्षको रिसर्च पूरा गरेकी छन्। उनले उक्त रिसर्चले आफूलाई राम्रो अनुभव दिएको पनि बताइन्।
उनले आफ्नो युनिटको आफू यो रिसर्च गर्ने पहिलो व्यक्ति भएको पनि बताइन्। पोल्याण्डमा अन्तरिक्ष यात्रीको कोर्ष पूरा गरेकी उनी अब नासासँगको सहकार्यमा रिसर्चका लागि उड्ने योजना रहेको बताइन्।
उनी अहिले दाङ आएकी छन्। करिब एक महिनाको बिदामा घरपरिवारलाई भेट गर्न आएको उनको भनाइ छ।