पुल भासिएपछि विराटनगर भन्सारबाट हुने आयात–निर्यात ठप्प

न्युजलय २३ पुस २०७८, शुक्रबार ०७:५८ मा प्रकाशित

 विराटनगर । रानी भन्सारबाट करिब चार किलोमिटर दक्षिण भारतको मिरगञ्जमा रहेको पुल भासिएपछि आयात–निर्यात रोकिएको छ । परमान खोलाको मिरगञ्जमा रहेको पुल भासिएपछि विराटनगर भन्सारबाट हुने आयात–निर्यात रोकिएको हो ।

जिर्ण अवस्थामा रहेको पुल भासिएपछि आयात निर्यात रोकिएको विराटनगर भन्सार कार्यालयलले जनाएको छ । पुल भासिएपछि भारतीय पक्षले बिहीबार दिउँसोबाटै आउ–जाउ गर्न रोक लगाएको थियो । भारतीय पक्षले रोक लगाएका कारण विराटनगरतर्फ आइरहेका मालबाहक सवारी साधन पुल पारी नै  रोकिएका छन् ।

गत २०७४ साउन २९ गते पनि क्षतिग्रस्त बनेको सो पुल पुनः मर्तत गरेर सञ्चालन गरिएको थियो । पुनः भासिएपछि बिहीबार दिउँसोबाट ठूला मालबाहक सवारी साधन रोकिएको भारतीय पक्षले जानकारी गराएको छ ।

यसअघि पुल भासिदा सुनसरीको कोसी ब्यारेजको रुट प्रयोग गरिएको थियो । विराटनगर भन्सारका लागि आएका मालबाहक सवारीलाई कोशी ब्यारेज तर्फ डाइभर्ट गर्दा लागत खर्च बढ्ने बताइएको छ ।