दोस्रो चरणको सभापतिको मतगणना आजै राती हुने

न्युजलय २९ मङ्सिर २०७८, बुधबार ०१:२९ मा प्रकाशित

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापतिका लागि भएको दोस्रो चरणको चुनावको मतगणना पनि आजै राती हुने भएको छ । राती १० बजेदेखि मतगणना सुरु हुने निर्वाचन समितिले जनाएको छ ।


आजै राती गणना भएमा मध्यरातसम्म सभापतिको मतपरिणाम सार्वजनिक हुनेछ । अन्य पदका लागि भएको चुनावको मतगणना भने पर्सी बिहानदेखि मात्रै सुरु गर्ने निर्वाचन समितिको तयारी छ ।